
काठमाडौं : फिल्म 'यो साइनो मायाको' चैत्र ४ गते शुक्रबारदेखि रिलिज हुँदैछ। अरुणकुमार प्रधानको निर्देशनमा बनेको फिल्ममा प्रेमकथा नै मुख्य विषय हो। जतिन ताम्राकार र रेश्मा घिमिरेले डेब्यु गरेको फिल्मलाई रामकुमार श्रेष्ठले निर्देशन गरेका छन्। 'सबैको मनमा माया हुन्छ। कसैले देखाउँछन् कसैले लुकाउँछन्', फिल्मबारे प्रष्ट पार्दै उनले भने,'तर फिल्मको कथाले सबैलाई छुन्छ।' फिल्म माया गर्नेहरु सबैका लागि भएको उनले बताए।
फिल्ममा किशोर भण्डारी, राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नविनत प्रधान लगायतका कलाकारको पनि अभिनय छ।
ट्रेलर :