PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

संघीय समाजवादी फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



पहिलोपोस्ट

संघीय समाजवादी फोरमद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
 
फोरमका प्रमुख सचेतक शिवजी यादवले सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा पुगेर सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका हुन्। पत्रमा फोरम नेपालको संसदीय दलका नेता अशोक कुमार राईले हस्ताक्षर गरेका छन्। 

संसदमा फोरमबाट १५ जना सांसद रहेका छन्।

त्यसअघि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संसदमा सभामुखलाई मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। यद्यपि मधेसी मोर्चा संसदमा प्रतिपक्ष तर्फकै सिटमा बस्दै आएको छ। 

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा औपचारिक निर्णय लिनुअघि नै फोरम नेपालले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको हो।

'हामीले यसअघि नै घोषणा गरेको हो। अल्टिमेटम सकिएपछि आज औपचारिता मात्र दिएको हो', फोरमका संसदीय दलका नेता शिवजी यादवले पहिलोपोस्टसित भने, 'सरकारले सहमति तोडेका कारण अब सरकार गठनका बेला भएको तीनबुँदे सहमतिको औचित्य सकियो।'

मधेसी मोर्चाको बैठक आज बस्दैछ।

समर्थन फिर्ताको पत्र- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell