काठमाडौं : पलोमा इन्टरनतेशनल इभेन्ट्स एण्ड स्पोर्ट्स मयानेजमेन्सको आयोजनामा हुने पलोमा इन्टर कर्पोरेट बिच क्रिकेटमा २८ टीमले सहभागिता जनाउने भएका छन्।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले २८ टीम हुने र यस पटक टुर्नामेन्ट चितवनको प्रेसिडेन्सी रिसोर्टमा हुने जानकारी गराएको हो।
कर्पोटर हाउसहरुबीच नेटवर्क विस्कार गर्नका लागि आयोजना गर्न लागिएको टुर्नामेन्ट सुपर सिक्स फर्म्याटमा खेलाइनेछ।
प्रत्येक टीममा ६ खेलाडी हुने र एक जना महिना खेलाडी अनिवार्य समावेश गर्नुपर्ने पनि आयोजकले जनाएको छ।
दुई चरणमा खेलाइने टुर्नामेन्टको पहिलो विकेण्ड मार्च २४ र २५ तथा दोस्रो विकेण्ड मार्च ३१ र अप्रिल १ मा हुनेछ। राउण्ड रोविन लिग फर्म्याटमा खेलाइने प्रतयिोगिताको पहिलो र दोस्रो चरणको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
पलोमा स्पोर्ट्स मयानेजमेन्टमा कार्यकारी अधयक्ष शैलेनद्र खड्काले बिच क्रिकेट मात्र नभई आगामी अक्टोबरतिर सप्तरी प्रिमियर लिग क्रिकेट आयोजना गर्ने तयारी समेत गरिरहेको जानकारी दिए।