PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

ट्याक्टरले किच्दा शौच गर्न गएका तीन बालिकाको मृत्यु



रासस

धनुषा : सडक छेउमा शौच गर्न गएका तीन बालिकाको आज ट्रयाक्टरले किचिएर मृत्यु भएको छ।
 
मृत्यु हुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया रहेका छन्।
 
धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिए।
 
प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तीनै बालिकाको मृत्यु भएको हो।
 
मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell