PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

हिमपहिरोले अवरुद्ध मनाङका सडकमा दुई दिनपछि सवारी साधन चल्ने



रासस

मनाङ : मनाङमा हिमपहिरोका कारण अवरुद्ध भएको सडकमा दुई दिनपछि सवारी साधन चल्ने भएका छन्। 

गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिँड्नलाई गाह्रो हुनुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै मनाङ जिल्लाका पर्यटन व्यवसायी र जिल्ला प्रशासनको पहलमा बाटो सफाइमा जुटेका सेना प्रहरीले मनाङ जिल्ला सदरमुकाम चामेसम्म बाटो सफाइ गरिसकेका छन्। 

चामेबाट मनाङसम्म ३० किलोमिटर बाँकी बाटो आज चैत २ गतेदेखि सफाइ सुरु भएको र अबको दुई दिनभित्र पूरै बाटो सफा हुने कुरा जिल्ला समन्वय समितिका कार्यकारी प्रमुख रामुराज कडरियाले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell