PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

नेपालमा दोस्रो पटक एसियन जोनल चेस च्याम्पियनसिप हुँदै, विजेताले चेस वर्ल्ड कप खेल्ने



पहिलोपोस्ट

नेपालमा दोस्रो पटक एसियन जोनल चेस च्याम्पियनसिप हुँदै, विजेताले चेस वर्ल्ड कप खेल्ने

काठमाडौं : विश्व चेस महासंघ फिडेको आयोजनामा हुने 'फिडे वर्ल्ड कप-२०१७' को लागि एसियन जोनल ३.२ चेस च्याम्पियनसिप नेपालमा हुन भएको छ।

नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ।

फिडेको वर्ल्ड चेस च्याम्पियनसिप २०१६-२०१८ साइकल अन्तर्गत आगामी सेप्टेम्वर २ देखि २८ सम्म जर्जियाको टिवीलिसीमा हुने वर्ल्ड कपको लागि एसियन छनोट नेपालमा हुन लागेको छ।

यसअघि पनि नेपालले विस २०७१ मा पहिलो पटक एसियन छनोट आयोजना गरिसकेको छ।

यस पटक एसियन जोनल च्याम्पियनसिपमा नेपालसँगै बंगलादेश, भुटान, श्रीलंका पाकिस्तान र माल्दिभस गरी ६ देशका खेलाडीहरु सहभागी हुनेछ।

कान्तिपथस्थित येल्लो प्यागोडा होटेलमा सञ्चालन हुने च्याम्पियनसिपमा १६ महिला तथा ३० पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

च्याम्पियनसिप सञ्चालनका लागि प्रमुख आर्विटरमा भारतीय अन्र्तराष्ट्रिय आर्विटर धर्मेन्द्र कुमार आउने नेपाल चेस एसोशिएसनले जनाएको छ।

कूल ३० लाख खर्च लाग्ने च्याम्पियनसिपको पुरस्कार राशी ६ लाख ५० हजार रहेको छ।

यस्तै यस च्याम्पियनसिपको महिला र पुरुषतर्फ विजेताले सिधै इन्टरनेशनल मास्टर आइएम को उपाधि प्राप्त गर्नेछन्। यसैगरी ९ खेलबाट ६५ प्रतिशत भन्दा बढी अंक ल्याउने खेलाडीले फिडे मास्टर एफएम तथा ५० प्रतिशत अंक ल्याउने क्यान्डिडेट मास्टर सिएम को उपाधि पाउनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell