PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

पाकिस्तानमा १९ वर्षपछि जनगणना सुरु



पहिलोपोस्ट

पाकिस्तानमा १९ वर्षपछि जनगणना सुरु

इस्लामाबाद : पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ।

पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए। 

दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ। तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्याङ्क निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरुलाई आह्वान गरेका छन्। 

यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक व्यक्तित्वहरुको सर्वेक्षण गरिनेछ। साथै पहिलो पटक पाकिस्तानी समलिङ्गी र उभयलिङ्गी व्यक्तिहरुको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन्। 

राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ। 

पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो । 

सो आंकडामा वृद्धि भई हालको जनसङ्ख्या बीस करोडभन्दामाथि नै पुग्ने तथ्याङ्क विश्लेषकहरुको अनुमान छ। रासस/एपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell