PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

​निर्वाचन आयोगले गर्‍यो दलको मर्यादाक्रम र चुनाव चिन्हबारे महान्यायाधिवक्तासँग परामर्श



पहिलोपोस्ट

​निर्वाचन आयोगले गर्‍यो दलको मर्यादाक्रम र चुनाव चिन्हबारे महान्यायाधिवक्तासँग परामर्श

काठमाडौः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागि हुने दललाई निर्वाचन चिन्ह प्रदान गर्ने विषयमा महान्यायाधिवक्तासँग परामर्श गरेको छ। निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयमा डाकेर महान्यायाधिवक्ता रमन श्रेष्ठसँग पारमर्श गरेको हो।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सहित अन्य आयुक्तहरुले महान्याधिवक्ता रमनकुमार श्रेष्ठ तथा नायब महान्यायाधिवक्ता किरण पौडेलसँग निर्वाचनमा भाग लिने दलहरुले प्राप्त गर्ने निर्वाचन चिह्न र दलहरुको मर्यादाक्रमका विषयमा छलफल गरेका हुन्। 

छलफलका क्रममा महान्याधिवक्ता श्रेष्ठले संसद्मा रहेका दलहरुको मर्यादा क्रमका विषयमा कुनै समस्या नरहेको भन्दै त्यस मध्येका एकीकरण भएका र फूटेका दलका विषयमा मात्र प्रश्न रहेको बताए।
 
'संसदमा प्रतिनिधित्व गरेको दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले पनि निर्वाचन चिन्ह प्राप्त गर्नुपर्छ,' महान्यायाधिवक्ता श्रेष्ठले भने, 'मतपत्रमा मर्यादाक्रम भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार नै कायम रहने छ।' उनले एकीरण भएका दलका हकमा भने नयाँ कायम दललाई नै मान्यता प्राप्त हुने बताए।

'राजनीति दल एकीकरण भएमा एकीकृत दलले मान्यता पाउने कानूनी व्यवस्था छ' श्रेष्ठले भने।
 
छलफलमा निर्वाचन आयुक्तहरु डा इला शार्मा, नरेन्द्र दाहाल,  ईश्वरी पौड्याल, सुधीरकुमार शाह र  आयोगका सचिव गोपीनाथ मैनाली तथा सहसचिवहरु दीपक सुवेदी, सूर्यप्रसाद शर्मा, सुशील कोइरालाको उपस्थित थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell