PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

एसएलसीको रुपान्तरित एसइई आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने



पहिलोपोस्ट

एसएलसीको रुपान्तरित एसइई आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने

काठमाडौं : शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो बर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ। साविकको एसएलसी परीक्षाको रुपमा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो। 

अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा सञ्चालन गर्दैछ। परिमार्जित शिक्षा ऐन अनुसार यो दायित्व राष्ट्रिय परीक्षा बोर्डको हो।   
पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ। 

परीक्षामा पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने केन्द्रको तथ्याङ्क छ। दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुईलाख ७८ हजार चार सय ५० छात्रा परीक्षामा सामेल हुँदैछन्। परीक्षाका लागि एक हजार नौसय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको छ।

आजदेखि सुरु हुँने परीक्षा चैत १४ गते सम्पन्न हुनेछ। परीक्षातालिका अनुसार चैत ३ गते अनिवार्य अंग्रेजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell