PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​स्थानीय तह कार्यान्वयनमा एलडिओको असहयोग, सप्तरीका एलडिओसँग स्पस्टीकरण मागियो



पहिलोपोस्ट

​स्थानीय तह कार्यान्वयनमा एलडिओको असहयोग, सप्तरीका एलडिओसँग स्पस्टीकरण मागियो

काठमाडौँ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ। 

मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताए। 

मन्त्रालयले गत फागुन २४ गते सबै स्थानीय विकास अधिकारीलाई स्थानीय तहको कार्यान्वयनमा सहजीकरण गर्न आफू कार्यरत जिल्ला÷कार्यालय नछाड्न तथा बिदा÷काजमा भएको भए यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन दिँदै स्थानीय तह कार्यान्वयन नहुँदासम्म बिदा÷काज स्वीकृत नहुने जनाएको थियो। 

‘मन्त्रालयले दिएको निर्देशन पालना नगरी लामो समयदेखि हालसम्म के कति कारणले आफू कार्यरत कार्यालय छाडी गैरहाजिर हुनुभएको हो, तपाईंलाई निजामती सेवा ऐन, २०४९ (संशोधनसहित)को दफा ६० को (क) र (घ) मा उल्लेखित अभियोगमा ऐनको दफा ५९ को (क) २ बमोजिम विभागीय सजाय किन नगर्ने, सोको चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ’, जारी सूचनामा भनिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell