PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

दुर्लभ रेडपान्डाको छालासहित तीन जना पक्राउ



पहिलोपोस्ट

दाङ : दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुन रहेका छन्।
 
 
जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको हो।
 
वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell