PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

एसएलसी जस्तो रहेन उल्लास, ९ फोटोमा एसइई परीक्षा

एसएलसी जस्तो रहेन उल्लास, ९ फोटोमा एसइई परीक्षा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आजदेखि एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) सुरु भएको छ। तर अघिल्ला वर्षका एसएसलसीमा झैं अभिभावक/विद्यार्थीइमा उल्लास र चासो यसपालि देखिएन। 
 
शिक्षा ऐन आठौं संशोधनले १२ कक्षासम्म विद्यालय तह कायम गरेपछि यो वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको हो।
 
यो परीक्षामा पाँच लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने केन्द्रको तथ्याङ्क छ। दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुईलाख ७८ हजार चार सय ५० छात्रा परीक्षामा सामेल भएका छन्। परीक्षाका लागि एक हजार नौसय २३ परीक्षा केन्द्र निर्धारण गरिएको छ। त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको छ।
 
भोलि ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ।


ट्रेन्डिङ पोस्ट

Ncell