PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​फिल्म 'निर्भय'मा निखिल उप्रेती र नीता ढुङ्गानाको रोमान्स



पहिलोपोस्ट

​फिल्म 'निर्भय'मा निखिल उप्रेती र नीता ढुङ्गानाको रोमान्स

काठमाडौं : देशभक्त सिपाहीको कथा बोकेको फिल्म 'निर्भय'मा नायक निखिल उप्रेती र नीता ढुङ्गानाले स्क्रिन सियर गरेका छन्। राष्ट्रप्रेम फिल्मको केन्द्रमा रहे पनि प्रेमकथालाई ठाउँ दिएको निर्माण युनिटले बतायो।

इमान्दार रहेर काम गर्दा पनि जीवनमा आइपर्ने अफ्ठ्याराहरुलाई फिल्मको विषयले उठाएको निर्माता देविप्रसाद पाण्डेले जानकारी दिए।



'एउटा प्रहरीको जीवन पनि सहज हुँदैन। उसले एकै साथ पीडा र प्रेम पाउन सक्छ भन्ने आशय फिल्मका पात्रहरुले प्रस्तुत गर्छन्,' उनले भने।
मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म निर्भय पारिवारिक सेन्टिमेन्ट बोकेको फिल्म रहेको उनको दाबी छ। निर्देशक भन्छन्,'हटेर होइन डटेर लड्नुपर्छ भन्नु फिल्मको मुल मन्त्र हो।'



फिल्मबारे बोल्दै अभिनेता निखिल उप्रेतीले भने,'मेरो अरु फिल्म जस्तै बनेको छ। एक्शन र प्रेम केन्द्रमा छ।'

उनले आफ्नो अपोजिटमा देखिएकी नायिका नीता ढुङ्गाना बारे भनेका छन्, 'मेहनती छ। चनाखो रहेर काम गर्छ र जिम्मेवारीबाट कहिल्यै पन्छिन खोज्दैन।'



फिल्ममा कलाकारहरु निखि र नीतासँगै विकास चापागाईं, प्रदिप ढकाल, सुशिल पोखरेल, प्रज्वल गिरी, रश्मि भट्ट लगायतको भूमिका रहेको छ।



फिल्म आउँदो चैत ११ गतेबाट प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell