PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

फिल्म 'पर्व' अब जेठमा मात्र प्रदर्शन हुने



पहिलोपोस्ट

फिल्म 'पर्व' अब जेठमा मात्र प्रदर्शन हुने

काठमाडौं: फिल्म 'पर्व'को नयाँ रिलिज डेट तय भएको छ। निर्देशक दिनेश राउतले फिल्म आगामी जेठ १२ गतेबाट मात्र नेपाल प्रदर्शन हुने जानकारी दिएका हुन्। यस अघि फिल्म यही चैतमा प्रदर्शन हुने बताइएको थियो।

पर्वको आइटम गीत 'काले दाई'ले फिल्मलाई छायांकन सक्किनु अघि देखी चर्चामा राखेको छ।

निर्देशक राउतले भने,'पोस्ट प्रोडक्सनको काम समयमा सकिएन। प्रचारको लागि पनि समय नपुग्ने भएपछी रिलिज पर सारेका हौं।'

फिल्मलाई टिभी फिल्मी र सुवास ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेको हो। फिल्ममा नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य अभिनयमा रहेका छन्। त्यस्तै अन्य कलाकार जेविका कार्की, माला लिम्बुलाई पनि फिल्ममा देख्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell