PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन यामसाजन र सोमबहादुर ब्रुनइ प्रस्थान



पहिलोपोस्ट

काठमडौं : ब्रुनइ खुला अन्तर्राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार ब्रुनइ प्रस्थान गरेका छन्।

मार्च १७ र १८ तारिखमा हुने प्रतियोगितामा नेपालबाट यामसाजन सुनार र सोमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन्। अफिसियलमा एथलेटिक्स संघका सदस्य जनक रावल रहेका छन्।

यामले १ सय र २ सय मिटर तथा सोमले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्।

टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले एक कार्यक्रमबीच बिदाइ गरे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell