PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आचारसंहिता अनुकूल आचरण गर्न निर्वाचन आयोगको आग्रह



पहिलोपोस्ट

आचारसंहिता अनुकूल आचरण गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ :  आचारसंहिता अनुकूल आचरणमा रहन निर्वाचन आयोगले सम्बद्ध सबैमा अनुरोध गरेको छ।
 
बिहीबार एक विज्ञप्ति जारी गरी आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण पनि गराएको छ।
 
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल एवम् सङ्घ संस्थालाई गम्भीर हुन पनि आयोगले अनुरोध गरेको छ।
 
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्नु अपरिहार्य भएकाले निर्वाचन आचारसंहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै आयोगले आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell