PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

चार्टर्डको एफपिओमा चार अर्ब बढीको आवेदन, विवरण नदिने बैंकको आस्वा इजाजत खारेज



पहिलोपोस्ट

चार्टर्डको एफपिओमा चार अर्ब बढीको आवेदन, विवरण नदिने बैंकको आस्वा इजाजत खारेज

काठमाडौँ : स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबारबाट निष्काशन गरेको एफपिओमा दोस्रो दिनसम्म चार अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। ३१ हजार ८७० आवेदनमार्फत चार अर्ब बढीको शेयर माग भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए।
 
एफपिओमामा अस्वाभन्दा पनि पुरानै शैलीमा आवेदन गर्ने बढी रहेको घिमिरेले बताए। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार पुरानै शैलीमा २२ हजार ८९२ आवेदक र आस्वामार्फत आठ हजार ९७८ आवेदन परेको छ।
 
धितोपत्र बोर्डको निर्देशन अनुसार हरेक दिन संकलन केन्द्रहरुले सेयरको विवरण बोर्ड र बिक्री प्रबन्धकलाई पठाउन निर्देशन दिएको थियो। तैपनि आस्वा संकलन जिम्मा लिएका केही बैंकले अटेर गरी विवरण पठाएका छैनन्।
 
आस्वा प्रणालीमा भाग लिएर पनि विवरण नपठाएको गुनासो आइरहेको जानकारी दिँदै बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले त्यस्ता संस्थाको आस्वा इजाजत नै खारेज गर्नेसम्मको कारवाही गरिने बताए। आवेदन शुक्रबारसम्म दिन पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell