PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- 'नेपालमा लगानीको वातावरण सुनिश्चित'



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- 'नेपालमा लगानीको वातावरण सुनिश्चित'

काठमाडौं : 'नेपाली वस्तु प्रबर्द्धन समृद्ध नेपाल निर्माण' भन्ने नाराका साथ अाजदेखि राजधानीमा छैटौं अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यापार मेलाको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उने मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए।

नेपालमा लगानीका लागि कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्दै उनले आश्वस्त पारे। काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णय गर्ने उनले जानकारी गराएका छन्।

राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका ३ सय २५ वटा स्टल  राखिएको छ ।  नेपाल उद्योग वाणिज्य  महासङ्घले  आयोजना गरेको मेला आजदेखि पाँच दिनसम्म चल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell