काठमाडौं : नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ।
खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा यही मार्च २८ देखि अप्रिल १ सम्म उक्त प्रतियोगिता हुन लागेको बिहीबार अयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो।
कीर्तिपुरस्थित त्रिवि खेल मुदानमा सञ्चालन हुने प्रतियोगितामा कूल २० टीमको सहभागिता हुने आयोजक कमिटीका संयोजक विनायक विक्रम थापाले बताए।
सहभागि २० टीमलाई ५ समूहमा विभाजन गरिनेछ भने कूल ३७ खेल खेलाइनेछ। ५ वटै समूहका विजेतहरु सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने ५ समूहका दोस्रो हुने टीममध्ये उत्कृष्ट ३ टीमले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिता ७ ओभरको हुनेछ। यस्तै अन्य प्रतियोगिता छक्का हुने अवस्थामा यसमा भने ८ रन गणना हुनेछ।
प्रतियोगितामा अहिलेसम्म १२ टीमको सहभागिता पक्का भइसकेको र बाँकी टीमको पनि केही दिनमै टुङ्गो लाग्ने संयोजक थापाले प्रतिक्रिया दिए।
प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार हात पार्नेछन्। यसैगरी प्लेयर अफ दी टुर्नामेन्टले २० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०-१० हजार प्राप्त गर्नेछन्।
खुला प्रतियोगिताका भएकोले राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीले समेत प्रतियोगितामा भाग लिन पाउने संयोजक थापाले जानकारी दिए।
प्रतियोगितामा सहभागि हुनको लागि आयोजकले २० हजार दर्ता शुल्क तोकेको छ।
सिनियर लेभलको क्रिकेट खेलिसकेका खेलाडीसँगै युवा खेलाडीहरुलाई पनि क्रिकेट खेल्न उत्प्रेरित गराउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको थापाको भनाइ छ।
यस्तै आगामी वर्षदेखि हरेक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्ने समेत थापाले बताए।