PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

डढेलो नियन्त्रण गर्न चुरेसँग जोडिएका ३६ जिल्लामा दुई सय पोखरी निर्माण



रासस

काठमाडौँ : डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रसँग जोडिएका ३६ जिल्लामा करिब २ सय पोखरी निर्माण गरिएको छ। बर्सेनि लाग्ने डढेलोका कारण पशुपन्छी र जनधनको क्षति भएकाले त्यसको रोकथाम गर्न वन विभागले पोखरी निर्माण गरेको हो।
 
अत्यधिक आगलागी हुने डडेलधुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, बारा, पर्सा, रौतहट, झापा लगायत चुरेसँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको विभागका उपसचिव मोहनराज काफ्लेले जानकारी दिए।
 
यस्तै आगालागी नियन्त्रणका लागि स्वयम्सेवक, सुरक्षा निकाय र सुराकी परिचालन गरिएको छ। आगो नियन्त्रण कार्यमा प्रभावकारी भूमिका खेल्ने संस्थालाई पुरस्कार समेत प्रदान गरिने काफ्लेले बताए।
 
चैत १ गतेदेखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह’ सञ्चालन गरिएको छ। वनमा आगो लगाउनेलाई बिगोसहित रु १० हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell