PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कर नतिरेसम्म एनसेलले कुनै पनि काम गर्न मिल्दैन : प्रकाश ज्वाला



पहिलोपोस्ट

कर नतिरेसम्म एनसेलले कुनै पनि काम गर्न मिल्दैन : प्रकाश ज्वाला

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले एनसेल कम्पनीले पुँजीगत लाभ कर तिर्नुपर्ने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ज्वालाले पुजीगत लाभ लिन पाउने र कर तिर्न नपर्ने भनेर सरकारले गरेको मौखिक निर्णय गलत भएको भनाइ राखे। केही दिनअघि मात्रै सरकारले एनसेलले कर तिर्न नपर्ने भनेर गरेको मौखिक निर्णयको सन्दर्भमा संसदको अर्थसमितिले किटानी जाहेरी गरिसकेको भन्दै ज्वालाले कर नतिरेसम्म कम्पनीले कुनै पनि काम–कार्य अघि बढाउन नमिल्ने बताए।
 
अर्थसमितिका सभापति समेत रहेका नेता ज्वालाले सरकारले कर निर्धारण गर्ने काममा कमजोरी गरेको भन्दै स्थानीय तहको निर्वाचनको तयारीको लागि आफ्नो पार्टी मेची–महाकाली अभियानमा व्यस्त भएको कारण यसको बारेमा सार्थक आवाज उठाउन नसकेको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell