PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

फिल्म 'छक्कापञ्जा- २' भदौबाट प्रदर्शन हुने



पहिलोपोस्ट

फिल्म 'छक्कापञ्जा- २' भदौबाट प्रदर्शन हुने

काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा-२' रिलिज मिती सार्वजनिक भएको छ। निर्माता एवं लेखक रहेका हास्यकलाकार दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत फिल्म रिलिज डेट बारे जानकारी दिएका हुन्। फिल्म आगामी भदौ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ।

 

दीपकराज गिरीले नै फिल्मको दोस्रो संस्करण बन्ने बारे मार्च बाह्रमा जानकारी गराएका थिए। आमा सरस्वती फिल्मसको ब्यानर बन्ने फिल्ममा केही कलाकार बाहेक प्राय क्रु दोहोरिने बताइएको छ।

नेपाली फिल्मको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गरेको फिल्मको रेकर्ड बनाएको फिल्मलाई पुनः दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

फिल्म रिलिज टार्गेट गरेपनि फिल्म युनिट सुटिङका लागि फ्लोरमा भने निस्किएको छैन। फिल्मको जेठ महिनाबाट मात्र प्रोडक्शनको काम सुरु हुन्छ। दीपकराजले छक्कापञ्जामा दर्शकले औंल्याएका कमजोरीहरु सुधार्ने प्रयत्न फिल्मको सिक्वेलमा गर्ने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell