PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

फिल्म समीक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ : दीपेन्द्र लामा



पहिलोपोस्ट

फिल्म समीक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ : दीपेन्द्र लामा

काठमाडौं: तामाङ केटा र चुच्ची केटीको रुपमा नायक दयाहाङ राई र नायिका केकी अधिकारी देखिएका छन्। फिल्म 'घामपानी'को बिहिबार सार्वजनिक ट्रेलरले फिल्ममा यि दुईको भूमिका बारे केहि बोल्छ।

फिल्म समिक्षक दीपेन्द्र लामाले निर्देशनमा डेब्यु 'घामपानी'बाट गरेका छन्। फिल्ममा कथा पनि उनकै रहेको छ। फिल्मको ट्रेलर कार्यक्रम बिच बोल्दै उनले भने,'फिल्म समिक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ।'

उनले फिल्म निर्देशनमा उत्रिएपछि फिल्म निर्माण र फिल्म पत्रकारिता बिचको 'नलेज ग्याप' कम भएको महसुस गरेको बताए। अनुभव सुनाउँदै बोले,'डबिङसम्मको काम सक्काउँदा धेरै कमजोरी भेटें। दर्शकले पनि सजिलै औंल्याउन सक्नुहुन्छ।'

लामाले 'घामपानी'बाट सुरु भएको निर्माण यात्रा सिक्ने प्रोसेस भएको सुनाए। भने,'निर्देशनमा यो मेरो पहिलो फिल्म हो तर अन्तिम हुने छैन।'
जातीय विभेदका कारण पैदा हुने पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा 'घामपानी' हो। फिल्मको कथा पनि लामाले नै लेखेका हुन्।



एउटा गाउँका दुई फरक जातका युवा युवती एकअर्कालाई प्रेम गर्छन्। उनीहरुको प्रेमका कारण दुवैको परिवारिक सम्बन्धमा विभिन्न उतारचढाव आउँछ। जसका कारण ती फरक जातका युवायुवतीले आफ्नो प्रेम सफल बनाउन निकै संघर्ष गर्नुपर्छ।

सिनेमा आर्टसको निर्माण साथै हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा सामाजीक विषयवस्तु उठाइएको छ।

चलचित्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, बुद्दी तामाङ, अरुणा कार्की लगायत कलाकारको
मुख्य भूमिका रहनेछ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा फिल्मका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राई भने अनुपस्थित रहे। दुबै अन्य प्रोजेक्ट सुटिङका लागि व्यस्त छन्। पहिलोपोस्टसँग कुरा गर्दै नायिका केकी अधिकारीले भनिन्,'फिल्म प्रचारका लागि भने पक्कै समय निकाल्नेछु।' 

हेर्नुस् ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell