PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

लाइसेन्सप्राप्त हातहतियार समेत राख्न नपाइने, फिर्ता बुझाउन प्रशासनको निर्देशन



पहिलोपोस्ट

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन अवधिभर अनुमति लिएर राखिएको हातहतियार समेत फिर्ता मागेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै कानुनी अनुमति लिएर राखिएका हातहतियार, विस्फोटक पदार्थ, धारिलो हतियार स्थानीय तहको निर्वाचन अवधिभर फिर्ता मागेको हो। प्रशासन कार्यलयले हातहतियार नजिकैको प्रशासन कार्यलय तथा प्रहरीमा बुझाउन आग्रह गरेको छ।

 
यस्तै निर्वाचन अवधिभर मदिरा र मदिराजन्य पदार्थको बिक्री वितरण नगर्न समेत काठमाडौं जिल्ला प्रमुख हिमनाथ दवाडीद्वारा जारी सूचनामा जनाइएको छ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार २०७२ असारसम्ममा देशभर इजाजत प्राप्त हतियारको संख्या ३४ हजार ३ सय १४ वटा छ। त्यसमा पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोरको बन्दुक लगायत छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell