
काठमाडौः संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक बसेको गठबन्धन बैठकले चैत महिनाभरका लागि नरम प्रकृतिका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
गठवन्धनको केन्दीय कार्यालय तीनकुनेमा बसेको बैठकले झापादेखि धनगढीसम्म विभिन्न कार्यक्रम निर्धारण गरेको छ। चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्ध दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने, चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन, १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई, १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभाका कार्यक्रम तय गरिएको छ।
काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन , चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने कार्यक्रमहरु गठबन्धनले सार्वजनिक गरेको छ।
विरोधका कार्यक्रम कहाँ कहिले?
- चैत १५ गते धनगढी, कैलाली
- चैत १६ गते कैलालीको अत्तरिया
- चैत १७ गते पोखरा
- चैत १८ गते उदयपुर
- चैत १९ गते दमक
- चैत २० गते हेटौडा
- चैत २१ काठमाडौं