PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

तेक्वान्दो रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न



पहिलोपोस्ट

तेक्वान्दो रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ। सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको हलमा भएको तीन दिने कोर्स बिहीबार सकिएको हो।

गत मंगलबारदेखि सुरु भएको कोर्स विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो।

कोर्समा ग्यरोगीतर्फका कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको थियो। जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायकको सहभागीता रहेको थियो।

उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ, कोरियन प्रशिक्षक क्वान योङ दल र गोविन्द शर्माले प्रशिक्षण दिएका थिए।

कोर्समा सहभागीलाई संघका अध्यक्ष राणाले प्रमाणपत्र प्रदान गरे। उक्त कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell