PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

​नेपाल–भारत प्रबुद्व समूहको बैठक पुनः स्थगित, भारतीय पक्षको आग्रहमा स्थगन



पहिलोपोस्ट

​नेपाल–भारत प्रबुद्व समूहको बैठक पुनः स्थगित, भारतीय पक्षको आग्रहमा स्थगन

काठमाडौँ : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ।
 
यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठकको पूर्वसन्ध्यामा भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए।
 
उनले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त बैठक यही चैतको अन्तिम साता बस्ने गरी स्थगन गरिएको बताए। यसअघि पनि उक्त बैठक पोखरामा आयोजना गर्ने मिति निर्धारण भएपछि अन्तिम समयमा स्थगित भएको थियो । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell