PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​बीस लाख भारतीय नोटसहित चार जना पक्राउ, रकमको स्रोत खुलेन



पहिलोपोस्ट

​बीस लाख भारतीय नोटसहित चार जना पक्राउ, रकमको स्रोत खुलेन

कोहलपुर : अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। 

भारतीय रु २० लाख चारहजार दुईसय ८० र नेपाली रु सात लाख ३२ हजार आठसय ४० सहित नेपालगन्ज–१ धम्बोजी शिवमन्दिर नजिकैबाट बिहीबार अपराह्न नेलाराम वर्माको घरमा डेरा गरी बस्दै आएका घरबारी टोल–४ मा रामदूत भाँडा पसलका सञ्चालक सन्तोष रायसहित चारजनालाई प्रक्राउ गरेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ। 

पक्राउ पर्नेमा बाँके कट्कुइया–५ का २८ वर्षीय अहमद अन्सारी, कट्कुइया–४ का उमेर नखुलेका नोर महमद खाँ र नेपालगन्ज–१ धम्बोजीका ३२ वर्षीय राजेश कुम्हार रहेको अञ्चल प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिहर खड्काले जानकारी दिए। 

बरामद गरिएको रकमको स्रोत नखुलेकाले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell