
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा इटालिनय क्लब एएस रोमा भने बाहिरिएको छ।
युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम-१६ को दोस्रो लेगको खेलमा रसियन क्लब रोस्तोभलाई १-० ले पराजित गरेसँगै युनाइटेडले समग्रमा २-१ को जित हात पार्यो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनँइटेडलाई जित दिलाउन हुँवा माटाले गोल गरे।
रोस्तेभको मैदानमा भएको पहिलो लगे १-१ को बराबरीमा सकिएको थियो।
यता दोस्रो लेगमा लियोनमाथि २-१ को जित हात पारेपनि रोमा क्वाटरफाइनल प्रवेश गर्न सकेन। पहिलो लेगमा लियोन ४-२ ले विजयी भएको थियो। लियाने समग्रमा ५-४ को नतिजा निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।
यस्तै 'अल बेल्जियन' खेलमा जेन्क जेन्टलाई समग्रमा ६-३ ले तथा 'अल जर्मन' खेलमा साल्का अवे गोलमा बोरुसिया मोन्चोगलाडबाकलाई पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
यसैगरी बेल्जियमकै एन्डरलेक्ट, स्पेनको सेल्टा भिगो, टर्कीको बेसिकटास र नेदरल्याण्ड्को अयाक्स पनि अन्तिम-८ मा प्रवेश गरेका छन्।
युरोपियन च्याम्पियन्स लिगसँगै युरोपा लिगको क्वाटरफाइनल ड्र आज हुँदैछ।