PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

​उत्तरी सिरियाको एक मस्जिदमा हवाई हमला, कम्तीमा ४२ जनाको मृत्यु



पहिलोपोस्ट

​उत्तरी सिरियाको एक मस्जिदमा हवाई हमला, कम्तीमा ४२ जनाको मृत्यु

एजेन्सी : उत्तरी सिरियाको अलेप्पो प्रान्तको एक मस्जिदमा भएको हवाई हमलामा परी ४२ जनाको मृत्यु भएको छ। हमलामा घाइते हुनेको संख्या उच्च रहेको अनुमान गरिएको छ। मृत्यु हुनेमा अधिकांश सर्वसाधरण नागरिक रहेको एजेन्सीहरु उल्लेख गरेका छन्। 

आक्रमणकारीको पहिचान भएको छैन। तर, रुसी र सिरियाली लडाकु जहाजले यस क्षेत्रमा उडान गर्ने गरेको बीबीसीले जनाएको छ। अमेरिकी लडाकु बिमानले पनि उक्त क्षेत्रमा जिहादी बिद्रोहीलाई लक्षित बनाउँदै आएको छ।

बेलायतको मानव आधिकारवादी संस्था सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सलाई उद्रृत गर्दै बीबीसीले जनाए अनुसार नमाजका लागि भेला भएका क्रममा हवाई हमला भएको हो। मारिनेमा अधिकांश सर्वसाधरण छन्। विद्रोहीको कव्जामा रहेको मस्जिदमा आक्रमण भएको हो।

सिरियामा पछिल्लो केही वर्षयता गृहयुद्ध जारी छ। राजधानी दमास्कसमा बुधबार एक अदालतमा परिसरमा भएको आत्मघाती हमलामा ३१ जनाको मृत्यु भएको थियो ।

गृहयुद्धका कारण सिरियामा तीन लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। एक करोडभन्दा बढी नागरिक बिस्थापित भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell