काठमाडौं: पाँचौ ‘जुनियर ब्याटल–२०१७’ आयोजना हुने भएको छ। मिडिया ल्याण्डको आयोजनामा हुने प्रतियोगिता बारे बिहिबार जानकारी दिइएको हो।
प्रतियोगीताको लागि ७३ प्रतियोगी समेत छनोट भइसकेका छन्। छनौट चरणमा गायिका प्रसंसा श्रेष्ठ, कोरियोग्राफर सुमन सागर केसी, मिडियाकर्मी निस्मा चौधरी रहेका थिए।
जुनियर र सिनियर दुई भागमा ‘ब्याटल’ आयोजना गर्दै आएको मिडिया ल्याण्डले यस वर्षबाट भने ‘जुनियर ब्याटल एन्जलस’, ‘जुनियर ब्याटल प्रिन्स एन्ड प्रेन्सेज’ र ‘जुनियर ब्याटल किङ एण्ड क्विन’ गरि तीन भागमा आयोजना गर्दैछ। विद्यार्थीको उमेर र कक्षा अनुसार प्रतियोगिता बिभाजन गरिने आयोजकले जानकारी दिए।
प्रशंसा श्रेष्ठ र स्वस्तिका राजभण्डारीको कोरियोग्राफी रहेन प्रतियोगीताको अन्तिम स्पर्धा आगामी बैशाख १ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुनेछ।