
काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नयाँ नेपाली फिल्म सार्वजनिक भएको छ। लभस्टोरी ड्रामा ‘यो साइनो मायाको’ प्रदर्शनमा आएको हो।
अरुणकुमार प्रधानको निर्देशन रहेको फिल्म जतिन ताम्राकार र रेश्मा घिमिरेको डेब्यु प्रोजेक्ट हो। किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
रामकुमार श्रेष्ठको निर्माण रहेको फिल्मले अल नेपाल रिलिजमा पनि सिंगल थिएटरमा मात्र शो पाएको छ।
मल्टिप्लेक्समा भने अझै लुट टू प्रदर्शनरत छ।
बलिउडतर्फ यो साता नेपालमा कुनै नयाँ फिल्म प्रदर्शन भएन। गत साता सार्वजनिक भएको ‘बद्रीनाथकी दुल्हनिया’ अझै पर्दामा छ। फिल्ममा बरुण धवन र आलिया भट्ट मुख्य कलाकार हुन्।
हलिउड फिल्म ’कोङः स्कूल आइल्यान्ड’ प्रदर्शनमा आएको छ। जोर्डन रोबर्ट निर्देशित अमेरिकन मोन्सटर फिल्म दान गिलोरी, म्याक्स बोरेन्स्टाइन, देरेक कननोल्लीले संयुक्त रुपमा लेखेका हुन्।
फिल्ममा टम हिडेलसन, स्यामुयल ज्याकशन, जोन गुडम्यान, ब्रि ल्याकशन, टोबी केबेल आदी को अभिनय देख्न सकिन्छ।
हलिउडका लागि ’लोगन’ अझै पर्दामा छ।