PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

होटेलबाट बालश्रमिक बालिकाको उद्धार



पहिलोपोस्ट

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा रहेको भूपूसैनिक होटेलबाट बिहीबार साँझ बालश्रमिकका रुपमा कार्यरत एक १३ वर्षीया बालिकाको उद्धार गरिएको छ। 

महिला अधिकारकर्मी, पत्रकार र प्रहरीको समन्वयमा माइती नेपाल संस्थाले होटेलमा श्रमिकका रुपमा कार्यरत बैतडी घर भएकी बालिकाको उद्धार गरेको हो। होटेल मालिकले धेरै लामो समयदेखि बाल श्रमिकका रुपमा बालिकालाई काममा लगाउँदै आएका थिए। 

'उद्धार गरिएकी बालिकालाई आवधिक गृहमा राखेका छौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन्। बालिकामाथि उत्पीडनको कार्य भए/नभएको बारे अनुसन्धानको कार्य गरिने उनले बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell