PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

​निर्वाचन सुरक्षा रणनीति टुंगो लाग्दै, म्यादीसहित दुई लाख ८० हजार सुरक्षाकर्मी परिचालन हुने



सविन ढकाल

​निर्वाचन सुरक्षा रणनीति टुंगो लाग्दै, म्यादीसहित दुई लाख ८० हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौँ : स्थानीय तह निर्वाचनको लागी गृह मन्त्रालयले आज सुरक्षा रणनीतिको टुङगो लगाउँदैछ । सरकार निर्वाचन मिति घोषणा गरे लगतै चारै सुरक्षा निकायको बैठक वसेर निर्वाचन सुरक्षा बनाउन जुटेको थियो ।

निर्वाचन विशेष सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयमा शुक्रबार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग गृहका अधिकारी अन्तिम छलफलपछि सुरक्षा रणनीतिको टुंगो लगाउन लागेको निर्वाचन आयुक्त सुधीरकुमार शाहले बताए। 

उनले भने ‘सुरक्षा रणनीति बनेपछि थप चुनावको महोल बन्छ। निर्वाचन जनशक्ति र सुरक्षा प्रवन्ध, अहिलेको अवस्था, सम्भावित चुनौती, मधेस आन्दोलनबारे विश्लेषण र तयारीबारे अन्तिम टुङगो रणनीतिले लगाउनेछ।’

दोस्रो संविधानसभा निर्वाचनमा सरकारले नेपाली सेनासहित गृह मातहतका तीन सुरक्षा निकाय र म्यादी प्रहरी गरी एक लाख ८० हजार जनशक्ति खटाएको थियो। संविधानसभा निर्वाचनमा ६२ हजार सेना, ४८ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी, ४५ हजार म्यादी र ७ सय गुप्तचर खटिएका थिए। 

केही समयअधि गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि २१ हजार बुथ रक्षाका लागि दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको बताएका थिए।

नेपाली सेनाको संख्या करिव ९० हजार छ। प्रहरी ७२ हजार र सशस्त्र ३७ हजार पुगेका छन्। राष्ट्रिय अनुसन्धान विभागमा करिव ३ हजार जनशक्ति छ। 

सोमबार बसेको प्रहरीको समीक्षा बैठकमा म्यादी प्रहरीको संख्या ६० हजार हाराहारी आवश्यक पर्ने निश्कर्ष निकालेको थियो। सुरक्षा जनशक्ति मधेस आन्दोलनको स्वरुप र निर्वाचनको विपक्षमा जानसक्ने मोहन बैद्य, नेत्र विक्रम चन्द, र सिके राउत जस्ता शक्तिको गतिविधिलाई हेर्दै तय गरिने स्रोतले बतायो ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell