PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

बेलायती शोधकर्ताहरुको निष्कर्ष : धेरै टिभी हेर्ने र गेम खेल्ने बालबालिकामा मधुमेह हुन सक्छ



पहिलोपोस्ट

बेलायती शोधकर्ताहरुको निष्कर्ष : धेरै टिभी हेर्ने र गेम खेल्ने बालबालिकामा मधुमेह हुन सक्छ

तपाईँका बालबच्चा दैनिक तीन घण्टा अथवा योभन्दा लामो समय सधैँ टिभी हेर्ने गर्छन्? अथवा कम्प्युटर, गेम कन्सोल्स, ट्याबलेट र स्मार्टफोनमा समय बिताउने गर्छन् भने उनीहरुको स्थास्थ्यका लागि यो राम्रो कुरा होइन। यसरी घण्टौँ टिभी स्क्रिनको अगाडि समय बिताएमा उनीहरुमा मधुमेह हुनसक्ने शोधकर्ताहरुको एउटा अध्ययनले देखाएको छ। 

यसबारे गरिएको एउटा शोधले बालबच्चाहरुले यसरी लगातार डिजिटल माध्यमहरुमा झुकाव राखेमा उनीहरुमा मोटोपना बढ्ने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन्। र यो इन्सुलिन रेजिस्टेन्सको लागि पनि जिम्मेवार हुन सक्ने उनीहरुको धारणा छ। 

इन्सुलिन पाचनग्रन्थिका माध्यमबाट हर्मोन हुँदै ब्लड-ग्लुकोजको स्तरमा बढ्नबाट रोकिन्छ। त्यसले महुमेह उत्पन्न हुने सम्भवना रहन्छ। 
शोधकर्ताहरुको टोलीले चयापचयी (मेटाबोलिक) र कार्डियोभेस्क्युलर (हृदयवाहिनी) सित सम्बन्धित जाँचको लागि लण्डनको बरमिङ्घम र लिसेस्टरका २०० प्राथमिक स्कुलमा ९-१० वर्षका करिब ४५०० बालबालिकाहरुमा यो अध्ययन गरेको थियो। 

सेन्ट जर्ज युनिभर्सिटी अफ लण्डनका एम. नाइटेङ्गलले आफ्नो यस शोधबाट बाल्यकालको सुरुका वर्षमा बालबालिकाले टिभी स्क्रिनमा थोरै समय बिताएमा उनीहरुमा टाइप-२ मधुमेहको आशंका कम हुने निष्कर्ष निकालेका छन्। 

शोधको निष्कर्ष 'आर्काइब्स अफ डिजिज इन चाइल्डहुड' पत्रिकामा प्रकाशित छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell