
अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले भारत विरुद्धको तेस्रो टेष्टमा शतक प्रहार गर्दै क्रिकेटको तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने रेकर्ड कायम गरेका छन्।
आफ्नो चौथो टेष्ट खेलिरहेका म्याक्सवेलले भारत विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका हुन्। उनी दोस्रो दिन आउट हुनुअघि १०३ रन बनाएका थिए। ८२ रन बाट दोस्रो दिनको खेल शुरु गरेका म्याक्सवेलले उमेश यादवको बलमा चौका प्रहा गर्दै शतक पुरा गरेका हुन्।
उनले १८५ बलमा ९ चौका र २ छक्का समेत प्रहार गरे। टीमको स्कोर १४० रन हुदाँ ४ विकेट गुमाएको अष्ट्रेलियाका इनिङ्स सम्हाल्ने क्रममा म्याक्सवेलले कप्तान स्टिभ स्मिथसँग पाँचौ विकेटका लागि १९१ रनको साझेदारी गरेका थिए।
भारत विरुद्ध शतक बनाएसँगै म्याक्सवेल क्रिकेटको तीनै फर्म्याटमा शतक हान्ने अष्ट्रेलियाका दोस्रो खेलाडी बनेका छन् भने विश्वका १३ औं खेलाडी बनेका छन्।
म्याक्सवेलले सन् २०१५ को वान डे वर्ल्ड कपमा श्रीलंका विरुद्ध पहिलो शतक प्रहार गरेका थिए भने २०१६ मा श्रीलंका विरुद्ध नै टी-२० मा शतक प्रहार गरेका थिए।ODI ton ✅
— cricket.com.au (@CricketAus) March 17, 2017
T20I ton ✅
Test ton ✅
Onya @Gmaxi_32! 💯#INDvAUS pic.twitter.com/he5PnETVkY
त्यसअघि शेन वाट्सनले तीनै फर्म्याटमा शतक प्रहा गर्ने पहिलो अष्ट्रेलियाली खेलाडी बनेका थिए।
विश्व क्रिकेटमा भने यसअघि श्रीलंकाका तिरकरत्ने दिल्सान र माहेला जयवर्दने, दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, न्युजिल्याण्डका मार्टिन गप्टिल र ब्रेण्डन म्याकुलम, वेष्ट इन्डिजका क्रिस गेल, भारतका लोकेश राहुल, सुरेश रैना र रोहित शर्मा, तमिम इकवाल, पाकिस्तानका अहमेद शेहजादले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका थिए।