PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

डलरको भाउ खस्किँदा लगानीकर्ता सुनमा आकर्षित, नेपालमा सुन तोलामा तीन सय महङ्गियो



पहिलोपोस्ट

डलरको भाउ खस्किँदा लगानीकर्ता सुनमा आकर्षित, नेपालमा सुन तोलामा तीन सय महङ्गियो

काठमाडौँ : बिहीबारको तुलनामा नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ उक्लँदै ५४ हजार २०० रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 
अमेरिकी केन्द्रिय बैंक  (फेडरल रिजर्भ) ले ब्याजदर बढाएसँगै अमेरिकी डलरको भाउ खस्किँदा सुनप्रति लगानीकर्ताको आकर्षण देखिएको हो। त्यसकै प्रभाव नेपाली बजारमा परेको महासंघको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell