PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित



पहिलोपोस्ट

बैतडीमा दुई सय उनन्चालीस विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित

बैतडी : बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। 

समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिए। 

यो वर्ष बैतडीमा नियमिततर्फ दुई हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी पाँच हजार ४३६, एक्जामटेडतर्फ ८७ छात्र र ९६ छात्रा गरी १८३ तथा आंशिकतर्फ ३५९ छात्र र ६८८ छात्रा गरी १ हजार ४७ जना गरी कुल ६ हजार ६६६ परीक्षार्थी सहभागी भएको विद्यालय निरीक्षक जोशीले जानकारी दिए। जिल्लामा २५ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell