PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

ब्रेक फेल भएको ट्रकले सवारी साधनलाई ठक्कर दिँदा चार घाइते



पहिलोपोस्ट

ब्रेक फेल भएको ट्रकले सवारी साधनलाई ठक्कर दिँदा चार घाइते

काठमाडौँ : ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा आज चारजना घाइते भएका छन्। 

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘ब्रेक फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए। 

ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell