PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

धुर्मुस-सुन्तलीको 'मुसहर बस्ती' ले पूरा गर्ने भयो १०३ वर्षीय वृद्धको सपना



पहिलोपोस्ट

धुर्मुस-सुन्तलीको 'मुसहर बस्ती' ले पूरा गर्ने भयो १०३ वर्षीय वृद्धको सपना

काठमाडौं: महोत्तरी बर्दिवास–२ का मरनी सदाह उमेरले १०३ वर्षका भए। जीवनको १०३ वर्षसम्म उनले राम्रो र सफा घरमा बस्ने सपना देखेका थिए। तर सपना पूरा गर्न न उनको आर्थिक स्तरले साथ दियो न अन्य कुनै निकायले। वि.सं. २०७४ मा उनी १०४ वर्षका हुनेछन्। र यो वर्ष उनको लागि विशेष वर्ष बन्दैछ। किनकी उनी सिमेन्टले बनेको घरमा पहिलो पटक पाइला टेक्दैछन्। उनको राम्रो र बलियो घरमा बस्ने सपना पूरा हुँदैछ।

हास्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले २०७४ को पहिलो दिन वैशाख १ गते मुसहर जातिको बसोबास रहेको बस्तीलाई नमुना बस्ती बनाएर हस्तान्तरण गर्दैछन्। सोही दिन १०३ वर्षीय सदाहले पहिलो गृहप्रवेश गर्दैछन्। सीताराम कट्टेलले पहिलोपोस्टसँगको कुराकानीमा भने,'यसले मलाई खुशी दिनेछ।'

उनले भने,'बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। अब बस्ती हस्तान्तरणको लागि छोटो समयमात्र बाँकी छ। धमाधम काम हुँदैछ। तत्काल रङ्ग लगाउने र जस्ता छाउने काम भइरहेको छ।'

धुर्मुस, सुन्तलीले मरनी सदाहजस्ता सयौं पात्रहरुको सपना मात्र होइन अभाव पछाडिको आवश्यकतासमेत पूरा गरिदिएका छन्। चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका कारण सुख सुविधाबाट वञ्चित मुसहरको उत्थानका लागि  भन्दै उनीहरुले मुसहर बस्ती निर्माण थालेका हुन्। 'समय थोरै बाँकी छ। काम अझै धेरै बाँकी', बस्ती निर्माणका लागि लाग्ने खर्च बारे जानकारी दिँदै भने,'झण्डै डेढ करोड अझै आवश्यक छ। जुट्छ भन्ने विश्वास नमारी काममा लागि परेका छौं।'

सीताराम-सुन्तलीलाई विभिन्न सहयोग र साथ जुटिरहेको छ। देश विदेशबाट आर्थिक एंव श्रम सहयोगको घोषणा भएको छ। जसका कारण मुसहर बस्ती निर्माण अन्य निर्माण कार्य भन्दा छिटो भइरहेको देखिन्छ।

धुर्मुस भन्छन्,'राम्रो काममा सबैको सहयोग मिल्छ। पहिले गरेको बस्ती निर्माणमा जुटेको साथ र सहयोगले नै मुसहर बस्ती निर्माणको उर्जा दिएको हो।'

सीतारामका अनुसार बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ। उनले बन्दै गरेको मुसहर बस्तीको केही फोटो फेसबुकमा पोस्ट गरेका छन्।

हेर्नुस् फोटोहरु: 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell