PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

​निर्वाचन आयोगले खारेज गरेको मन्त्रीको पार्टीलाई सर्वोच्चको आदेशले चुनाव लड्ने बाटो खुल्ला



पहिलोपोस्ट

​निर्वाचन आयोगले खारेज गरेको मन्त्रीको पार्टीलाई सर्वोच्चको आदेशले चुनाव लड्ने बाटो खुल्ला

काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहुदर सिंहको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ। निर्वाचन आयोगले सिंहको पार्टी खारेज गरिदिएको थियो। बार्षिक आय-व्यय तीन वर्षसम्म नबुझाएको र स्पष्टिकरणसमेत नबुझाएको भन्दै सिंहको समाजवादी जनता पार्टीलाई आयोगले खारेज गरिदिएको थियो।

तर समानुपातिक सांसद बनेका सिंहले अदालतमा मुद्दा दायर गर्दै दलीय हैसियत कामय राखेका थिए। आयोगले उनको पार्टीको चुनाव चिन्ह र झण्डासमेत खारेज गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश गोपालप्रसाद पराजुली र प्रकाश राउतको संयुक्त इजलालसले बिहीबार ‘टेक्निकल’ पृष्ठभूमीमा टेकेर अन्तरकालीन आदेशमार्फत सिंहको पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खोलेको हो।

आदेशमा भनिएको छ– 'विवरण बुझाउने कार्यमा निवेदक दलले आफ्नो दायित्व पूरा गर्ने नै छ भन्ने विश्वास यस इजलासले लिएकाले कानुन बमोजिम विवरण बुझाएपछि सक्रिय रहन नपाउने भन्न नमिल्ने देखिएकाले निर्वाचन आयोगको २०७१/११/२१ को निर्णय कार्यान्वयन नगर्नु, नगराउनु।'


सम्बन्धित समाचार : बहालवाला मन्त्रीको पार्टी खारेज, मन्त्री पद धरामपमा

अदालतले विवरण नबुझाउँदा दल खारेज हुने व्यवस्था भएपनि पछि बुझाउँदा के हुने भन्ने प्रष्ट व्यवस्था नभएको विषय उल्लेख गर्दै टेक्निकल पृष्ठभूमीलाई हेरेको हो।

समाजवादी जनता पार्टीको एकमात्र सांसद सिंह लगातार मन्त्री रहँदै आएका छन्। उनी माधवकुमार नेपाल नेतृत्वको सरकार, केपी ओली नेतृत्वको सरकार र अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell