PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

'डायरी' फिल्ममा मात्र होइन रिलिजमा पनि रेखा थापा भिलेन



पहिलोपोस्ट

'डायरी' फिल्ममा मात्र होइन रिलिजमा पनि रेखा थापा भिलेन

काठमाडौं: प्रोडक्शन फेजमा रहेका फिल्महरु 'ग्याङ्गस्टर ब्लुज', 'कृ', 'पर्व' आदिले घोषणा गरेको रिलिज टार्गेटलाई सारेको खबर सार्वजनिक भयो। केही निर्देशकले प्रचारका लागि समय नमिल्नुलाई रिलिज डेट सर्नुको कारण बताए भने केहीले पर्दामा फिल्म जुध्नुलाई।

'ग्याङ्गस्टर ब्लुज' निर्माता सरोज न्यौपानेले अनमोल केसी स्टारर फिल्म कृको रिलिज फेरबदल नै आफ्नो फिल्मको रिलिज सर्नुको मुख्य कारण रहेको बताएका थिए। कृले दशैंलाई रिलिज टार्गेट बनाउँदा ब्लुजले भदौ २३मा आउने भनियो। कृले भदौ ९ गते प्रदर्शन तय गरेपछि भदौ २ गतेनै फिल्म पर्दामा देखाइने भएको हो।

फिल्म 'पर्व' पनि चैतमै प्रदर्शन हुने भनिएको थियो। तर निर्देशक दीनेश राउतले भने,'पोस्ट प्रोडक्शनलाई समय लाग्दैछ। हतारमा रिलिज गर्दा प्रचार पुग्दैन।'

फिल्म रिलिज सार्ने निर्माण युनिटको लिस्टमा परेको छ फिल्म ’डायरी’ पनि। फिल्म चैत ११ मा रिलिज हुने भनिएको थियो। फिल्मको पोस्टप्रोडक्शनको काम सक्किएको छ। प्रचारमा पनि 'डायरी' युनिट अगाडी नै छ। तर पनि के कारण सर्‍यो सो फिल्मको रिलिज डेट?

फिल्ममा छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य अभिनय छ। यि दुईबिचको भिलेन रहेकी छिन् नायिका रेखा थापा। रिलिज डेट सर्नुमा पनि यिनै भिलेनको भूमिका केन्द्रमा छ। थापा अभिनित फिल्म 'पलाँस' चैत १८ गतेबाट सार्वजनिक हुनुनै मुख्य कारण हो।

डायरी निर्देशक अनिल योन्जनले भने,’पर्दामा अरु फिल्मसँग नजुधोस् भनेर डायरीको डेट सारेका हौं।’

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्म मार्फत छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्ममा अन्य कलाकार बिनोद पौडेल , दिनेश डिसी लगायतलाईइ पनि देख्न सकिनेछ। छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell