PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

पानीमा जनताको स्वामित्व स्थापित हुनुपर्छ : उर्जामन्त्री शर्मा



पहिलोपोस्ट

पानीमा जनताको स्वामित्व स्थापित हुनुपर्छ : उर्जामन्त्री शर्मा

काठमाडौँ : उर्जामन्त्री जनार्दन शर्माले नेपालको दिगो विकास र पानीको समुचित व्यवस्थापको लागि पानीमा जनताको स्वामित्व स्थापित हुनु पर्ने बताएका छन्। 

उनले स्वच्छ पानको सहज पहुँच मानव अधिकारको मात्रै विषय नभएर यो प्रकृति र समग्र प्राणीहरुको पनि अधिकार भएको भन्दै अब देशको जलस्रोतको उपयोग कसरी गर्ने भन्नेबारेमा बृहत छलफल हुनपर्ने धारणा राखे। 

विश्व पानी दिवस र विश्व मौसम दिवसका अवसरमा शुक्रबारदेखि आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह- २०७३ उद्घाटन गर्दै उनले सरकारका पानी र उर्जा क्षेत्रका प्राथमिकता र कार्यहरुबारे विवरण प्रस्तुत गरे। साथै उनले आगामी दिनमा पानी र उर्जाको क्षेत्रमा दिगो विकास र व्यवस्थापनको लागि जल तथा उर्जा आयोगको सचिवालयलाई सक्रिय र शक्तिशाली बनाउनु पर्ने आवश्यकता औँल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell