PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

खुला पुरुष राष्ट्रिय भलिबल चैत २६ देखि, विभागीय टीम र खेलाडीले खेल्न नपाउने



पहिलोपोस्ट

खुला पुरुष राष्ट्रिय भलिबल चैत २६ देखि, विभागीय टीम र खेलाडीले खेल्न नपाउने

काठमाडौं : गोटिखेल जनहित क्लबले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा यही चैत २६ देखि २९ गतेसम्म राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ।

क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै रजत महोत्सवको अवसरमा भलिबलसँगै चेस र दौड प्रतियोगिता समेत गर्न लागेको जानकारी गराएको हो।
खुला भनिएपनि भलिबलमा विभागीय टीम र त्यसमा संलग्न खेलाडीहरुले भने खेल्न नपाउने आयोजकले जनाएको छ।

विभागीय टीमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा अन्य टीमहरु सहभागी हुन नचाहने र नयाँ प्रतिभाशाली खेलाडीहरुलाई पनि मौका दिने उद्देश्यले विभागीय टीमलाई सहभागिता नगराउने निर्णय गरेको जिल्ला खेलकुद विकास समिती ललितपुरका कोषध्यक्ष श्याम शर्मा बजगाईँले बताए।

प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५० तथा सेमिफाइनलबाट बाहिरिने दुई टीमले समान २५ हजार हात पार्नेछन्।

भलिबल प्रतियोगिताका लागि २० टीमले सहभागिता जनाउने अनुमानन रहेको आयोजकले बताएको छ। जसमा १२ टीमभन्दा बढी भए नकआउट र १२ टीमसम्मलाई लिगकम नकआउटका आधारमा खेलाइने गोटिखेल जनहित क्लबका अध्यक्षनिरन्जन घिमिरेले बताए।

१२ हजार टीम दर्ता शुल्क रहेको भलिबल प्रतियोगितामा सहभागिताका लागि चैत २५ गतेसम्म टीम दर्ता गराइसक्नु पर्नेछ।

विशेष खेलकुद कार्यक्रम अन्तर्गत २७ गते जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु हुनेछ भने २८ गते स्थानिय स्तरमा ६ किमीको मिनी म्याराथन दौड आयोजना हुनेछ।

चेस र दौडका विजेताले समान १० हजार हात पार्नेछन् भने उपविजेताले ५ हजार प्राप्त गर्नेछन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell