PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

डीपिएललाई गोल्डस्टारको साथ



पहिलोपोस्ट

डीपिएललाई गोल्डस्टारको साथ

काठमाडौं : सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपिएलसँग किरण शु म्यानोफ्याक्चरको उत्पादन गोल्डस्टार शु सह प्रायोजनको रुपमा जोडिएको छ।

शुक्रबार आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा किरण शु म्यानोफ्याक्चरका निर्देशक विभुशी राणाबीच काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सहप्रयोजकको रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख रकम उपलब्ध गराउनेछ। यस्तै गोलस्टार शु डीपिएलको फुटवेर पार्टनरको रुपमा पनि रहनेछ।

सम्झौता पत्रमा हस्ताक्षरपछि निर्देशक विभुशी राणाले ऐतिहासिक रुपमा हुन लागेको डीपिएलसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्। 'खेलकुद नै सबैलाई जोड्ने माध्यम भएकोले डीपीएलसँग जोडिन पाउँदा एकदमै खुशी लागेको छ।'

गोल्डस्टारले यसअघि एनपिएलमा तेज पञ्चकन्यालाई सहप्रयोजन गरेको थियो। आगामी दिनमा पनि नेपाली खेलकुदसँग जोडिने चाहना भएको पनि निर्देशक राणाले बताइन्।

यस्तै डीपिएल क्रिकेट इभेन्ट मात्र नभएर एउटा अभियानकै रुपमा रहेकोले नेपाली प्रोडक्ट गोल्डस्टारलाई समेत समावेश गर्न पाएकोमा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले आभार व्यक्त गरे।

देशभरका विभिन्न शहरको नामबाट ६ वटा टीमले भाग लिने र पहिलो पटक राष्ट्रिय स्तरमा अक्सन गरिएको डीपिएल यही चैत २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा सञ्चालन हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell