काठमाडौँ : करोडौँको सम्पति भएका सांसदहरुले समेत संसद पदबाट हटेपछि सुविधा पाउनुपर्ने माग गर्दै विधेयक बनाउन प्रस्ताव गरेका छन्।
सरकारले पूर्व राष्ट्रपति र प्रधानमन्त्री सहित पूर्व पदाधिकारीको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमा संशोधन हाल्दै उनीहरुले पूर्व सांसदको हैसियमा औषधी उपचार, यातायात सुविधा दिन प्रस्ताव गरेका हुन्।
सरकारले ल्याएको विधेयकमा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री/मन्त्रिपरिषद् अध्यक्ष, पूर्व सभामुख र पूर्व प्रधान न्यायाधीशलाई मात्र सुविधा उपल्बध गराउन प्रस्ताव छ। तर सांसदहरुले भने पूर्वको हैसियतमा पुगेपछि आफूले पनि सुविधा पाउने गरी संशोधन दर्ता गराएका हुन्।
करोडौँको राजधानीमै सम्पति भएका कांग्रेस सांसद राजीवविक्रम शाहले पूर्व पदाधिकारीको हैसियतमा रहँदा सुविधा पाउन संशोधन दर्ता गराएका हुन्। त्यस्तै अर्का करोडौँ सम्पतिका मालिक संजय गौतमले पनि पूर्व प्रतिनिधि सभा सदस्य,संविधानसभा सदस्य, राष्ट्रिय सभाका सदस्यका लागि औषधी उपचार पाउने गरी विधेयक माथि संशोधन हालेका हुन्।
कांग्रेसकै कल्पना चौधरी, तप्तबहादुर बिष्ट र नरबहादुर चन्दले पनि सोही संशोधन दर्ता गराएका छन्।
के छ सरकारले प्रस्ताव गरेको विधेयकमा?
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक वृत्ति उपलब्ध गराउन प्रस्ताव गरिएको छ। पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख लगायतले भने मासिक वृत्ति पाउने छैनन्। हाल नेपालमा ६ पूर्व प्रधानमन्त्री र एक पूर्व मन्त्रिपरिषद्का अध्यक्ष रहेका छन्। के के छन् प्रस्ताव हेर्नुस् टेबलमाकसलाई | मासिक वृति | आवास | सवारी र इन्धन | निजि सिचवालय | सुरक्षा |
राष्ट्रपति | ५० हजार | २ लाख (घर नभए) १ लाख (घर भए मर्मतका लागि) |
१ गाडी (आफ्नै गाडि भए मर्मतका लागि मासिक २५ हजार) मन्त्री सरह इन्धन |
१ उपसिचव, १ सवारी चालक, १ कार्यालय सहयोगि | खतरा मुल्याङ्कनको आधारमा |
उपराष्ट्रपति | ४० हजार | ७५ हजार (घर नभए)/ ५० हजार घर भए मर्मतका लागि |
१ गाडी (आफ्नै गाडि भए मर्मतका लागि मासिक २५ हजार) राज्यमन्त्री सरह इन्धन |
१ शाखा अधिकृत/ १ कार्यालय सहयोगि | खतरा मुल्याङ्कनको आधारमा |
पूर्व प्रधानमन्त्री/ सभामुख/ प्रधान न्यायाधीश/ मन्त्रिपरिषद् अध्यक्ष |
७५ हजार (घर नभए)/ ५० हजार घर भए मर्मतका लागि |
१ गाडी (आफ्नै गाडि भए मर्मतका लागि मासिक २५ हजार) राज्यमन्त्री सरह इन्धन |
१ शाखा अधिकृत/ १ कार्यालय सहयोगि | खतरा मुल्याङ्कनको आधारमा |