काठमाडौं : स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले ५ उपमहानगरपालिका सहित १ सय ७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृत तोकेको हो। मन्त्रालयले शुक्रबार नै ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकिसकेको छ।
स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका रहनेछन्। सबै स्थानीय तहमा गरी ६ हजार ६ सय ८० वडा कायम भएका छन्। यसअघि नयाँ नगरपालिकाको घोषणापछि ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका कामय थिए।
उपमहानगरपालिका र नगरपालिकाको कार्यकारी अधिकृतमा कोको तोकिए? यहाँ क्लिक गर्नुस्