PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बागलुङमा एक सय पाँच मतदान केन्द्र



पहिलोपोस्ट

बागलुङमा एक सय पाँच मतदान केन्द्र

बागलुङ : स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ। 

मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा गरी एक सय पाँच मतदान केन्द्र राख्ने निर्णय भएको समितिका संयोजक प्रजिअ भागीरथ पाण्डेयले बताए। सोअनुसार बागलुङ नगरपालिकामा २२, काठेखोला गाउँपालिकामा १०, जैमुनी नगरपालिकामा ११, बरेङ गाउँपालिकामा पाँच र गलकोट नगरपालिकामा १३ मतदान केन्द्र तोकिएको छ। 

यस्तै ताराखोला गाउँपालिकामा छ, बडीगाड गाउँपालिकामा १२, ढोरपाटन नगरपालिकामा ११, तमाखोला गाउँपालिका छ र निसीखोला गाउँपालिकामा सात मतदान केन्द्र रहनेछन्। मतदान केन्द्र सिफारिस समितिको बैठकले सबै पक्षलाई निर्वाचनको वातावरण बनाउनसमेत आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell