PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

अभाव र दु:खमा नि सपना रंगिदै : मुसहर बस्तीबाट धुर्मुसका पाँच पोज

अभाव र दु:खमा नि सपना रंगिदै : मुसहर बस्तीबाट धुर्मुसका पाँच पोज

पहिलोपोस्ट /पहिलोपोस्ट


बर्दिबास : महोत्तरी बर्दिवास–२ की मरनी सदा उमेरले १०३ वर्षकी भइन्। जीवनको १०३ वर्षसम्म उनले राम्रो र सफा घरमा बस्ने सपना देखेकी थिइन्। तर सपना पूरा गर्न न उनको आर्थिक स्तरले साथ दियो न अन्य कुनै निकायले।
 
यो वर्ष भने उनका लागि विशेष वर्ष बन्दैछ। किनकि उनी सिमेन्टले बनेको घरमा पहिलो पटक पाइला टेक्दैछिन्।
 
हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले २०७४ को पहिलो दिन वैशाख १ गते मुसहर जातिको बसोबास रहेको बर्दिबासको मुसहर बस्तीलाई नमुना बस्ती हस्तान्तरण गर्दैछन्।
 
बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
 
'१०३ वर्षीया आमा मरनी सदाको घरमा बस्ने सपना पूरा हुन अब केही दिन मात्रै बाँकी छ,' धुर्मुसले फेसबुकमा केही फोटा पोस्ट गर्दै लेखेका छन्, 'अभाव र दु:खमा नि सपना रंगिदै। सायद जीन्दगीको आनन्द यही होला।'

उनले पोस्ट गरेका पोज-


ट्रेन्डिङ पोस्ट

Ncell