भारतीय कमेडियन कपिल शर्माले यसपटक आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका छन्।
शर्माले ट्विटरमा एक युवतीसितको आफ्नो फोटो सेयर गर्दै उनीसितको प्रेम सम्बन्धबारे धारणा सार्वजनिक गरेका हुन्। उनले फोटोको क्याप्सनमा लेखेका छन्- 'म यिनलाई आफ्नी बेटर हाफ त भन्दैन तर यिनले मलाई पूर्णता दिनेछिन्.... लव यू गिन्नी.... म यिनलाई धेरै प्रेम गर्छु।'
एउटा अर्को ट्वीटमा कपिलले गिन्नीको फोटोसँगै दीपिका पादुकोणलाई पनि ट्याग गरेर लेखेका छन्, 'दीपू... अब म तिमीलाई मिस गर्ने छैन... लव अल्वेज...'Will not say she is my better half .. she completes me .. love u ginni .. please welcome her .. I love her so much:) pic.twitter.com/IqB6VKauM5
— KAPIL (@KapilSharmaK9) March 18, 2017
फोटोमा देखिएकी युवती कपिलकै गर्लफ्रेन्ड गिन्नी हुन्। उनीसँग २०१४ मा कपिल बिहे गर्ने तयारीमा थिए। भारतको जालन्धर नगरमा बस्ने गिन्नीको वास्तविक नाम भवनीत चत्रार्थ हो। उनी कपिलसँग 'हंस बलिये' शोमा देखा परेकी थिइन्।
त्यस बेला कपिल अब्बास मस्तानको फिल्म 'किस किस को प्यार करूं' को सुटिङमा व्यस्त थिए। त्यति बेला उनीहरुको बिहेको कुरा हल्लामा मात्रै सीमित भएको थियो।